
काठमाडौं, १८ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश गम्भीर सङ्कटमा फस्दै गएकाले अब केपी ओलीको ठाउँमा प्रचण्ड, माधव वा शेरबहादुर ल्याएर देशले निकाश नपाउने बताएका छन् ।
नेपाली जनताले मुलुकको राजनीतिक मार्गचित्र र गन्तव्यकाबारे अब पुनर्विचार गर्नु जरुरी भएको औंल्याउँदै उनले धर्म निरपेक्षता, गणतन्त्र र संघीयताको विकल्प खोज्ने वा उल्लेखित मान्यताबारेरे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत संग्रह गर्नेबारे अब राष्ट्रिय बहस प्रारम्भ गरिनुपर्नेमा समेत जोड दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा मंगलबार फरक–फरक २ वटा ट्विट गर्दै उनले लेखेका छन्, ‘समस्याको चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र/अवधारणामा सुधार नगरेसम्म ‘कस्मेटिक’ परिवर्तनको कुनै अर्थ रहँदैन ।’
‘केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली कांग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर देशले संकटबाट निकास पाउँदैन’, उनले भनेका छन् ।
यस विषयमा अध्यक्ष थापाको थप विचार र विस्तृत धारणाका लागि तलको लिंकमा जानुहोस्–















प्रतिक्रिया