१ कार्तिक २०८३, आइतबार

एफएनसीसीआईका सदस्य आचार्य र कोहलपुर अध्यक्ष अधिकारीलाई एअरलिफ्ट गरी काठमाडौं ल्याइयो

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य किशोर आचार्य र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीे सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका छन् ।

एउटै गाडीमा सवार दुबै जनाको पाल्पाबाट पोखरा जाँदै गर्दा सोमबार बेलुका सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।

महासंघका केन्द्रीय सदस्य एवं रोल्पा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आचार्यले आफैले सवारी चलाएर पाल्पाबाट पोखरा जाँदा सवारी दुर्घटना भएको हो । आचार्यले चलाएको गाडी सडकबाट ५०० मिटर तल खस्दा उनीहरु गम्भीर घाइते भएका हुन् ।

घाइते दुबै जनाको हिजो लुम्बिनी मेडिकल कलेज, प्रवास, पाल्पामा उपचार गरिएको थियो भने आज बिहान थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

‘दुर्घटनामा गम्भीर घाइते भएका आचार्यको पाल्पा अस्पतालमा हिजो अप्रेशन गरिएको थियो’, ह्याम्स अस्पतालबाट ढकालले भने, ‘अहिले दुवैजना खतरामुक्त हुनुहुन्छ । थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।’