१ कार्तिक २०८३, आइतबार

आज ४०० रुपैयाँले बढेको सुनको मूल्य कति पुग्यो ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । मंगलबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले बताएको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला ९५ हजार रुपैयाँमा र तेजावी सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।