सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

माउन्टेन इनर्जीले कात्तिक २६ गतेदेखि साधारण शेयर विक्री खुला गर्ने

दैनिक नेपाल २०७७ कार्तिक १८ गते ११:४४

काठमाडौं, १८ कात्तिक । माउन्टेन इनर्जी नेपालले कात्तिक २६ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) विक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रति इकाई १०० रुपैयाँका दरले १९ करोड ६७ कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो । यो शेयर जारी पूँजीको १० प्रतिशत हो ।

सर्वसाधारण समूहतर्फको शेयरमध्ये २ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत म्युचुअल फण्डका लागि बिक्री गरेर बाँकी रहेको १८ लाख ३० हजार कित्ता आम सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

कम्पनीले छिटोमा मंसिर २ गतेसम्म विक्री बन्द गर्ने छ भने तोकिएको समयमा विक्री नभए ढिलोमा मंसिर १० गतेसम्म बिक्री खुला गर्ने छ ।

कम्पनीले दुई वटा आयोजना निर्माण गरेको छ । मिष्ट्री खोला जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत जम्मा १३ करोड ४३ लाख रुपैयाँ रहेको छ भने तादी खोला जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित