पटना, १८ कात्तिक । भारतको बिहार राज्यमा विधानसभा चुनावअन्तर्गत मंगलबार दोस्रो चरणको मतदान भइरहेकाे छ ।
१७ जिल्लाका बासिन्दाले ९४ सिटका लागि मतदान गरिरहेकाे भारतीय सन्चारमाध्यमहरूले जनाएका छन् । बिहान सात बजेबाट शुरु भएकाे मतदान बेलुका ६ बजेसम्म जारी रहनेछ ।
बिहार विधानसभाका २४३ सिटमध्ये आधाभन्दा धेरैमा मंगलबार मतदान सकिनेछ । यसअघि अक्टोबर २८ मा भएको पहिलो चरणमा ७१ सिटका लागि मतदान भइसकेको छ ।
दोस्रो चरणको मतदानमा ९४ सिटका लागि १४ सय ६३ उम्मेदवार रहेका छन् । सन् २०१५ को चुनावमा यी ९४ सिटमा आरजेडी सबैभन्दा ठूलो पार्टी बनेको थियो । यी सिटमा आरजेडीले ४५.३ प्रतिशत मत प्राप्त गरेको थियो ।
बिहारको यो क्षेत्र पिछडिएको इलाका हो । पाँच वर्ष पहिलेको चुनावमा यी ९४ मध्ये आरजेडीले ३३, जेडियूले ३०, भाजपाले २०, कांग्रेसले सात, एलजेपीले दुई तथा अन्यले दुई सिटमा जित हाँसिल गरेका थिए ।















प्रतिक्रिया