८ कार्तिक २०८३, आइतबार

प्रहरी आचार संहिता २०७७ सम्बन्धि अनुशिक्षण कार्यक्रम शुभारम्भ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १७ कात्तिक । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा अनलाइन प्रविधिद्वारा सञ्चालित प्रहरी आचार संहिता २०७७ सम्बन्धि एक दिने अनुशिक्षण कार्यक्रमको प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्सद्वारा सोमबार शुभारम्भ गरे ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आचार संहिता सबै प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने बताए । प्रहरी कर्मचारीको आचरण तथा व्यवहार सदैव सेवाग्राही मैत्री हुनुपर्नेमा उनले जोड दिए ।

अनुशिक्षण कार्यक्रममा विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक ८ जना र प्रहरी निरीक्षक २५ जना गरी जम्मा ३३ जना प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।