काठमाडौँ, १७ कात्तिक । भक्तपुर सूर्यविनायकबाट संरक्षित वन्यजन्तु कछुवा सहित ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर बालकुमारी बस्ने रामेछाप हिमगंगा नगरपालिका ४ घर भएका २९ वर्षीय नैन बहादुर आले मगर, काठमाडौं बनस्थली बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका ६ घर भएका २४ वर्षीय सुजन उपरकोटी, काठमाडौं बौद्ध बस्ने रामेछाप दोरम्बा गाउँपालिका ६ घर भएका ३३ वर्षीय छेवाङ लामा, भक्तपुर गणेशबस्ती बस्ने रामेछाप दोरम्बा गाउँपालिका ६ घर भएका २७ वर्षीय राज कुमार घिसिङ र काठमाडौं बौद्ध बस्ने रामेछाप दोरम्बा गाउँपालिका ६ घर भएका २९ वर्षीय दावा लामा रहेका छन् ।
संरक्षित वन्यजन्तु कछुवाको अवैध ओसार पसार तथा बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय भक्तपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।















प्रतिक्रिया