सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

कर्मचारी सञ्चयकोषको कर्जा माछापुच्छ्रेबाट तिर्न सकिने

दैनिक नेपाल २०७७ कार्तिक १७ गते १९:५९

काठमाडौँ, १७ कात्तिक । कर्मचारी सञ्चयकोषबाट लिइएको ऋणको साँवा तथा व्याज माछापुच्छ्रे बैंकको कुनै पनि शाखाको काउन्टरबाट सहजै भुक्तान गर्न सकिने भएको छ ।

कर्मचारी सञ्चयकोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई साँवा र ब्याजसहितको किस्ता रकम भुक्तानी गर्ने सेवा प्रदान गर्नेे माछापुच्छ्रे बैंक पहिलो बैंक बनेको छ । यस व्यवस्थाले कर्मचारी सञ्चयकोषका ऋणीहरुलाई कर्जा भुक्तानी गर्न कर्मचारी सञ्चयकोष धाउन नपर्ने भएको छ ।

यस अघि माछापुच्छ्रे बैंक लि. र कर्मचारी सञ्चयकोषबीच कर्मचारी सञ्चयकोषका ऋणीहरुले लिएको ऋणको साँवा तथा व्याज कनेक्ट आइपिएस मार्फत भुक्तान गर्न सक्ने गरि सहमति भएको थियो । र सो अनुरुप बैंक नपुगिकन विद्युतीय माध्यमबाटै किस्ता रकम सजिलै भुक्तानी गर्न सकिन्छ ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु मार्फत ग्राहकमहानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित