मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

प्रभु बैंकको एक्सटेन्सन काउन्टर मातृशिशु मितेरी हस्पिटलमा

दैनिक नेपाल २०७७ कार्तिक १७ गते १६:४९

काठमाडौं, १७ कात्तिक । प्रभु बैंकले कास्कीको पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा आफ्नो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

सो हस्पिटल परिसरमा सोमबार बिहान गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले मातृशिशु मितेरी हस्पिटल एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे । मातृशिशु मितेरी हस्पिटलमा सञ्चालनमा आएको सो एक्स्टेन्सन काउन्टरबाट बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्यसम्बन्धी कार्यको सिलसिलामा आउने सम्पूर्ण सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलब्ध हुने प्रभु बैंकले बताएको छ ।

सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टरमा जम्मा गर्न पाउने छन् । यस एक्स्टेन्सन काउन्टर सञ्चालन पश्चात् मातृशिशु हस्पिटलको आर्थिक क्रियाकलाप बैंकिङ प्रणाली मार्पmत् हुने हुँदा प्रशासनिक सहजता प्राप्त हुने विश्वास बैंकले लिएको छ ।

प्रभु बैंकले २१० वटा शाखा कार्यालय, १९५ वटा एटीएम, ५६ वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित