
काठमाडौं, १७ कात्तिक । विभिन्न देशका लागि प्रस्तावित ३ जना राजदूतको संसदीय सुनुवाई यही कात्तिक २७ गते बिहीबार हुने भएको छ ।
प्रस्तावित राजदूतहरुविरुद्ध उजुरीकर्ताहरु सम्पर्कमा नआएपछि २७ गतेका लागि सुनुवाई तोकिएको हो ।
गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले अमेरिकाका लागि डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मल कुमार विश्वकर्मालाई राजदूतमा सिफारिस गरिएकामा सुनुवाई हुन बाँकी छ ।
प्रस्तावित राजदूतहरु विरुद्ध समितिमा ४ वटा उजुरी परेका छन । तर, उजुरीकर्ताहरु नै सम्पर्कमा नआएपछि सुनुवाई रोकिएको हो । यसअघि कात्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना नै जारी गरेर उजुरीकर्ताहरुलाई सम्पर्कमा आउन भनिएको थियो ।















प्रतिक्रिया