१ कार्तिक २०८३, आइतबार

गोरखाका सीडीओ भट्टराईसहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १७ कात्तिक । गोरखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तीर्थराज भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

रूघाखोकीलगायत लक्षण देखिएपछि कात्तिक १४ गते स्वाब दिएका उनको रिपोर्ट आज सोमबार पोजेटिभ आएको हो ।

रिपोर्ट आउनुअगाडि नै उनी बिहीबारदेखि नै होम आइसोलेसन बसेका छन् । उनकी श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

उनले आफूहरूसँग सम्पर्कमा रहेकाहरूलाई सावधानी अपनाउन पनि आग्रह गरेका छन् । गोरखामा सोमबार सीडीओ भट्टराईसहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।