८ कार्तिक २०८३, आइतबार

कर्णाली प्रदेशका सहइञ्चार्जले नेकपा अध्यक्षद्वयलाई सोधे यस्ता प्रश्न

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ कात्तिक । सत्तारुढ नेकपाका अध्यक्षद्वयलाई प्रधानमन्त्री केपी शर्मा र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीका कर्णाली प्रदेश सहइञ्चार्ज यामलाल कँडेलले पाँचबुँदे ध्यानाकर्षण–पत्र दर्ता गरेका छन् ।

धुम्बाराहीमा आइतबार दर्ता गराइएको उक्त पत्रमा अध्यक्षद्वयलाई केही प्रश्न सोधिएको छ ।

कँडेल असोज २५ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध १८ जना सदस्यसहित अविश्वास प्रस्ताव दर्ता गर्नेका नेता हुन् । उनको ध्यानाकर्षण पत्रमा प्रश्नहरु सोधेका छन् ।

उनले पत्रमा सोधेका प्रश्नहरु यसप्रकार रहेका छन् ।

१. असोज २७ गते पार्टीले कर्णाली विवाद समाधानका लगि केन्द्रीय कार्यालयमा उपस्थित हुन दिएको निर्देशनमा के प्रगति भयो ?

२. नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कस्तो प्रचलन बसाउनेसँग सम्बन्धित छ ? के यस्ता अनाधिकृत कामहरु सच्याउनु पर्दैन ?

३. कर्णालीका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावबारे वैधानिक छलफल बिनै किन टुंगो लगाइएन ? के नेपाल कम्युनिष्ट पार्टी यस्तै खालको संस्कार र संस्कृतिको पक्षमा छ ?

४. केन्द्रीय नेतृत्व तहबाटै भएको गुटगत क्रियाकलाप र गतिविधिले एकतावद्ध पार्टी निर्माण सम्भव छ ?

५.अध्यक्षद्वयको निर्देशन विपरित कात्तिक ७ गते गरिएको बैठक नियमसंगत थियो ?