२ कार्तिक २०८३, सोमबार

व्यक्तिगत स्वार्थले विभाजनको दुर्भाग्य निम्तिएको भन्दै पार्टी एकता बचाउन उपप्रधानमन्त्री पोखरेलको अपील

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ कात्तिक । उपप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले एकताकावेला गरिएको सहमति विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको टिप्प्णी गरेका छन् ।

पछिल्ला गतिविधिहरुले पार्टी फुटको संघारमा पुग्न लागेका बेला पोखरेलले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् । उनले व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔँ भन्दै आह्वान समेत गरेका छन् ।