
काठमाडौं । चर्चित गायक स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा ‘बिहानी को झुल्के घाम झैं’ बोलको गीत शुक्रबार सार्वजनिक भएको छ ।
रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको सो गीतमा गीतकार भरत लोहोरुङ राईको शब्द रहेको छ ।
यो गीतमा डीआर अटुले संगीत भरेका छन् भने राजु कार्कीले एरेञ्ज गरेका छन् ।
म्यूजिक भिडियोमा भने मण्डल थेबे र सिर्जना निङ्गलेखुको अभिनय गरेका छन् । गीतलाई छायांकन, निर्देशन र सम्पादन सुल्तान यीधिङ्गोले गरेका हुन् ।
हेर्नुहोस् भिडियो–















प्रतिक्रिया