
चितवन, १७ कात्तिक । भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिकाका ७९ वर्षीय वृद्ध र धादिङको निलकण्ठ नगरपालिकाकी ६१ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
उनका अनुसार भरतपुर–१० का कोरोना संक्रमित वृद्धलाई श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । आइसीयूमा राखेर उपचार गरिँदै आएको उनको सोमबार बिहा मृत्यु भएको हो ।
त्यस्तै, धादिङको निलकण्ठ नगरपालिका–३ की ६१ वर्षीया महिलाको पनि कोभिड आइसीयूमा उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ५ गते अस्पताल भर्ना गरिएकी उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको आइतबार राति करिब ३ बजेको समयमा मृत्यु भएको अस्पतालले बताएको छ ।















प्रतिक्रिया