१ कार्तिक २०८३, आइतबार

ब्रिटेनका राजकुमार विलियमलाई कोरोना भाइरस सङ्क्रमण, तर किन भनेनन् कसैलाई ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ब्रिटेन, १७ कात्तिक । ब्रिटेनका राजकुमार विलियमलाई गत एप्रिल महिनामै कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको समाचार सार्वजनिक भएको छ ।

ब्रिटिश राजदरबारका स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीले प्रकाशित गरेको समाचार अनुसार उनलाई एप्रिलमा उनका बुबा प्रिन्स अफ वेल्स चार्ल्सलाई सङ्क्रमण भएताका नै सङ्क्रमण देखिएको थियो ।

यो विषयबारे पहिलोपटक समाचार छापेको सन पत्रिकाका अनुसार ३८ वर्षीय विलियमले नागरिकहरूलाई अनावश्यक तनाव नहोस् भनेर आफ्नो सङ्क्रमणकाबारे सार्वजनिक जानकारी नदिएको समेत बताइएको छ ।

राजकुमार विलियमको निवास तथा कार्यालय रहेको केन्सिङ्टन दरबारले यो विषयमा आधिकारिक जानकारी दिन अस्वीकार गरेको समाचारमा उल्लेख छ ।

विलियलले ‘अन्य महत्त्वपूर्ण कुराहरू भइरहेको र कसैलाई पनि तनाव दिन मन नलागेकोले’ सङ्क्रमणका बारेमा नबताएको सन पत्रिकाले लेखेको छ ।

उनले दरबारकै चिकित्सकहरूसँग उपचार गराएको र सरकारी निर्देशिकाअनुसार एकान्तवासका नियमहरू पालना गरेका थिए ।

राजकुमार विलियमले एप्रिलमा फोन र भिडिओ कलमार्फत् १४ वटा कार्यक्रममा भाग लिएको बताइएको छ । राजकुमार चार्ल्सलाई मार्चमा कोरोना भाइरस सङ्क्रमण भएपछि उनले स्कटल्यान्डमा ७ दिन एकान्तवासमा बिताएका थिए ।