८ कार्तिक २०८३, आइतबार

‘रअ’लाई भेट्न प्रचण्डका छोरीहरू सुटुक्क दिल्ली पुगे, बुबालाई बल्ल आयो ‘पावर’

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना दुई छोरीहरूलाई सुटुक्क नयाँ दिल्ली पठाएको खुलासा भएको छ ।

कात्तिक ११ गते झापा जिल्लाबाट भारत प्रवेश गरेर बागडोरा विमानस्थल हुँदै रेणु दाहाल र गंगा दाहाल नयाँ दिल्ली गएको उच्च स्रोतले जनाएको छ । दिल्ली भ्रमणका विषयमा रेणु र गंगाले केही भनेका छैनन् ।

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्त गोयलले काठमाडौं भ्रमण गरेर फर्किए लगत्तै प्रचण्डले छोरीहरूलाई नयाँ दिल्ली पठाएका हुन् ।

छोरीहरूले नयाँदिल्लीको सन्देश लिएर आएपछि दाहाल प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । बालुवाटारमा दाहालले ओलीसँग कड्किएर कुराकानी गरेका थिए ।

छोरीहरू रेणु र गंगाको नयाँदिल्ली भ्रमणपछि दोस्रो वरीयताका अध्यक्ष दाहालको फुर्तीफार्ती बढेको नेकपाभित्र चर्चा हुन थालेको छ । भारतले जाने व्यवस्थापन रेणु र गंगालाई झापाका विवादित एकजना व्यापारीले मिलाइदिएका थिए ।

नयाँदिल्ली बसाइँका क्रममा रेणु र गंगाले ‘रअ’का केही प्रतिनिधिहरूलाई भेटघाट गरेको स्रोतको दाबी छ ।

नयाँदिल्लीमा ‘रअ’ का प्रतिनिधिहरूलाई भेटेर फर्किएकी कान्छी छोरी गंगा दाहालको निवासमै पुगेर दोस्रो वरीयताका अध्यक्ष दाहालले नयाँदिल्लीको सन्देशको ब्रिफिङ लिएको नेकपाभित्र चर्चा छ । (तस्वीर रेणु दाहालकाे फेसबुकबाट साभार)