२ कार्तिक २०८३, सोमबार

ओलीले प्रचण्डलाई गरे अलग-अलग हिँड्ने आग्रह

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अलग-अलग हिँड्न आग्रह गरेको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफ्रिङ गरेका छन् ।

अध्यक्ष प्रचण्डले शनिबार आफू निकट नेताहरुसँग खुमलटारमा छलफलमा प्रधानमन्त्री ओलीले अलग अलग हिँड्न प्रस्ताव गरेको बताएका छन् ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रधानमन्त्रीज्यूले सँगै जान सकिएन, अब अलग(अलग लागौं भनेर प्रचण्डजीसँग प्रस्ताव गर्नुभएछ ।’ उनले भने, ‘प्रधानमन्त्री स्वयंले उक्त प्रस्ताव गरेपछि पार्टी एकता कायम गर्न लागि परेका छौँ ।’

प्रधानमन्त्री ओलीले शनिबार र आइतबार प्रचण्डसँग भएको छलफलमा उक्त प्रस्ताव गरेको बताइएको छ । यद्यपि नेताहरुले पार्टीलाई बलियो बनाउनेतर्फ नै लाग्ने बताइएको छ ।