८ कार्तिक २०८३, आइतबार

एकैदिन थप ३६ सय २० जना कोरोनामुक्त, निको हुनेको संख्या १ लाख ३४ हजार बढी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ कात्तिक । नेपालमा गत २४ घण्टामा थप ३ हजार ६ सय २० जनाले कोरोना जितेका छन् ।

आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय २० जना संक्रमणमुक्त भएको जानकारी दिए ।

योसहित निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ ।

यससँगै संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९ सय ६० जना पुगेको छ ।