१ कार्तिक २०८३, आइतबार

काठमाडौं उपत्यकामा १६२२ सहित देशभर थपिए २८२४ जना नयाँ संक्रमित

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

थपिएका मध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार ६२२ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना संक्रमित थपिएका छन् ।

१३ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार ६२० छ । हालसम्म १ लाख ३४ हजार ८४२ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् ।

जम्मा संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । देशभर सक्रीय संक्रमितको संख्या ३७ हजार ७५६ रहेको छ । संस्थागत आइसोलेशनमा ६ हजार ७७९ जना छन् ।