८ कार्तिक २०८३, आइतबार

२४ घण्टामा २३ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९६० पुग्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ कात्तिक । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ ।

आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप २३ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

यससँगै मृतकको संख्या ९ सय ६० पुगेको छ ।

आइतबार देशभर थप २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ३ हजार ६ सय २० जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।