१ कार्तिक २०८३, आइतबार

अग्रणी साझेदार बैंकका रूपमा एडीबीले गर्यो लक्ष्मी बैंकलाई सम्मान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । लक्ष्मी बैंकले एशियाली विकास बैंक (एडीबी) को ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) बाट सन् २०२० का लागि नेपालको अग्रणी साझेदार बैंक (लिडिङ पार्टनर बैंक इन नेपाल) को रुपमा सम्मान प्राप्त गरेको छ ।

टीएससीएफपीसँग २०१९ जुलाइ १ देखि २०२० जुन ३० को अवधिमा नेपालबाट सर्वाधिक कारोबार गरेवापत हालै सम्पन्न एक भर्चुअल कार्यक्रमकाबीच बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।

लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२१ शाखा, ७ वटा एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्टतथा ६१ शाखारहित बैंकिङ्गएजेन्टहरुमा रहेको छ ।