मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

आइतबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिक नेपाल २०७७ कार्तिक १६ गते १२:२८

काठमाडौं, १६ कात्तिक । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला ९५ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन तोलामा १ हजार रुपैयाँ घटेर तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आइतबार चाँदी तोलामा १५ रुपैयाँ बढे र प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित