१ कार्तिक २०८३, आइतबार

कोरोना संक्रमित कांग्रेस महासमिति सदस्य मण्डलको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । कोरोना भाइरस संक्रमित नेपाली कांग्रेस बाराका महासमिति सदस्य  एवं तरुण विभागका सदस्य मेदनी महतो धानुक (मदन मण्डल) को मृत्यु भएको छ ।

बारा आदर्शकोटवाल गाउँपालिका–५ टेढाकटीका ४५ वर्षीय मण्डललाई थप उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा आइतबार बिहान मृत्यु भएको नेपाली कांग्रेस बाराले जानकारी दिएको छ ।

केहि दिनदेखि श्वासप्रश्वासको समस्या देखिएका उनलाई नारायणी अस्पतालमा शनिबार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।