१ कार्तिक २०८३, आइतबार

गैंडाको आक्रमणबाट एक जनाको ज्यान गयो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

नवलपरासी, १६ कात्तिक । नवलपरासीको पूर्व नवलपुरमा गैंडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिका–१७ कुलेनीमा गैंडाको आक्रमणमा परी ६५ वर्षका जंगिलाल मुखियाको ज्यान गएको हो ।

आइतबार बिहान खेतमा तोरी छर्न जाने क्रममा मुखियालाई गैंडाले उनलाई आक्रमण गरेको थियो । उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा नै उनको ज्यान गएको हो ।