१ कार्तिक २०८३, आइतबार

ललितपुरबाट ११ लाख ५५ हजार नगदसहित १८ जना जुवाडे पक्राउ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । प्रहरीले ललितपुरबाट ११ लाख ५५ हजार नगदसहित शनिबार राति १८ जना जुवाडे पक्राउ गरेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका शंकर बस्नेतको दुई तले पक्की घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा उनीहरु पक्राउ परेको सातदोबाटो वृतले बताएको छ ।

उनीहरुको साथबाट ११ लाख ५५ हजार ५७५ नगद र जुवातास खेल्न प्रयोग गरेको १६ पिस कौडा समेत बरामद गरिएको छ । विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा भक्तपुर जिल्ला सूर्यविनायक–२ का वर्ष ४९ का सुरेश पौडेल, वर्ष ४३ का पूर्णकृष्ण श्रेष्ठ, वर्ष ३६ का विकास श्रेष्ठ, वर्ष ४३ का केशव बस्नेत, वर्ष ५७ का मधुसुदन महत, वर्ष ४३ का पवन खत्री वर्ष ५४ का श्याम कायस्थ रहेका छन् ।

त्यस्तै ललितपुर महालक्ष्मी–५ का वर्ष ५४ का भुवन रानामगर, बेल बहादुर बुढाथोकी, वर्ष ४६ का विशबहादुर बुढाथोकी, वर्ष ४३ का सन्तोष रानामगर, महालक्ष्मी–७ बस्ने वर्ष ४३ दिप श्रेष्ठ, वर्ष ५४ का शंकर बस्नेत, वर्ष ४५ का भरत थापा, वर्ष ४० को राजाराम बस्नेत, वर्ष ५० को राजन महजन र काठमाडौँ–३२ बस्ने वर्ष ४९ का गोकुल खड्का छन् ।