६ मंसिर २०८३, आइतबार

कर्णाली प्रदेशमा आज मन्त्रिमण्डल हेरफेर गर्ने तयारी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री केपी ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी रहेकाे स्राेतले जनाएकाे छ ।

ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाइनेछ ।

बैंकिङ कसुरमा परेपछि खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ । खत्री पनि ओली पक्षबाटै मन्त्री बनेका थिए ।

नयाँ बन्ने मन्त्रीहरूमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापा रहेकाे स्राेतकाे भनाइ छ ।