६ मंसिर २०८३, आइतबार

विप्लवका ललितपुर जिल्ला सेक्रेटरी अधिकारी पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १६ कात्तिक । ललितपुर जिल्लाका एसएसपी टेकप्रसाद राईलाई धम्की दिने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला सेक्रटरी सावित्रा अधिकारी पक्राउ परेकी छिन् ।

ललितपुरमा आइतबार बिहान कोणसभा गर्ने तयारी गरिरहेका बेला झण्डा र ब्यानरसहित पक्राउ गरिएको स्रोतले जनाएको छ ।

जेठ महिनामा ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राई नेतृत्वको टोलीले विप्लव समूहका ललितपुर जिल्ला समिति सदस्य सानुराज बज्राचार्यलाई पक्राउ गर्दै उनको कोठाबाट ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद गरेको थियो ।

ललितपुर जिल्ला सेक्रेटरी अधिकारीले विज्ञप्ति निकालेर एसएसपी राईलाई धरपकड नगर्न धम्की दिएकी थिइन् ।