बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

आईपीएलमा सनराइजर्स हैदराबादसँग रोयल च्यालेन्जर्स पराजित

दैनिक नेपाल २०७७ कार्तिक १६ गते ७:११

नयाँदिल्ली, १६ कात्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ५ विकेटले हराएको छ ।

यूएईको सारजाहमा बेङ्ग्लोरले दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १४ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गरेकाे छ ।

हैदराबादको जितमा रिद्धिमान शाहले ३९ र मनिस पाण्डेले २६ रन जोडे । जासन होल्डर २६ रनमा अविजित रहेका छन् । बेङ्ग्लोरका युजभेन्द्र चाहलले २ विकेट तथा वासिंगटन सुन्दर र नाभदिप शैनीले १/१ विकेट लिएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । बेङ्ग्लोरका लागि जोस फिलिपेले ३२, एबी डी भिलियर्सले २४ रन जोडे । त्यस्तै वासिंगटन सुन्दरले २१ रन बनाए । गुर्किरात सिंहले अविजित १६ रन बनाए ।

कप्तान विराट कोहली ७ रनमा आउट भए । हैदराबादका सन्दीप शर्मा र जासन होल्डरले २/२ विकेट लिए । यस्तै राशिद खान, शबाज नदीम र टि नटराजनले १/१ विकेट लिए ।

जितसँगै हैदराबाद तालिकाको चौंथो स्थानमा उक्लिएको छ । हैदराबादले १३ खेलमा १२ अंक जोडेको छ । हैदराबादले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ ।

बेङ्ग्लोरलाई प्ले अफ पुग्न अन्तिम खेल कुर्नुपर्ने भएको छ । बेङ्ग्लोरले १३ खेलमा ७ जितसहित १४ अंक जोडेको छ । बेङ्ग्लोर दोस्रो स्थानमा रहेको छ । बेङ्ग्लोरले अन्तिम खेलमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित