८ कार्तिक २०८३, आइतबार

आफ्नै ८५ वर्षीया आमालाई कुटपिट गरेको अभियोगमा पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सिरहा, १५ कात्तिक । आफ्नै आमा ८५ वर्षीया सुदामा देवी साहलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा कर्जन्हा नगरपालिका ३ खैरा टोल बस्ने ४७ वर्षीय राम अवतार साह सोनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

घरायसी झैझगडाको कारण सोनारले मंगलबार आफ्नै आमालाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात जनकपुर हुँदै थप उपचारको लागि सिरहा जिल्ला अस्पताल पठाइएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।