
काठमाडौँ, १५ कात्तिक । नेपालमा गत २४ घण्टामा थप २ हजार २ सय ६४ जनाले कोरोना जितेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ६४ जना संक्रमणमुक्त भएको जानकारी दिएको छ ।
योसहित निको हुनेको संख्या १ लाख ३१ हजार २ सय २२ पुगेको छ ।
त्यस्तै, शनिबार थप २ हजार ५६ सय ८ जनामा कोरोना पुष्टि देखिएसँगै संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ९ सय ३७ जना पुगेको छ ।















प्रतिक्रिया