
काठमाडौँ, १५ कात्तिक । महोत्तरीमा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण बर्दिवासका एक जना कर्मचारीको मृत्यु भएको छ ।
विद्युत लाइन मर्मत गर्न पोलमा चढेका ति कर्मचारीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गौशाला वितरण केन्द्र अन्तर्गत बर्दिवास फ्यूज शाखामा कार्यरत ज्यालादारी कर्मचारी ४५ वर्षीय गौरी पण्डितको मृत्यु भएको नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रले जनाएको छ ।
मृतक रौतहट पौराह नगरपालिका बसन्पट्टीका हुन् ।
बर्दिबास नपा वडा नम्बर १ मा रहेको एक घरको विद्युत लाइन मर्मत गर्न पोलमा चढेका पण्डितलाई शनिबार बिहान करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि बर्दिवास जनसेवा अस्पताल ल्याइएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरको जानकी अस्पताल पठाइएको र उनको त्यहीँ उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।















प्रतिक्रिया