
काठमाडौं, १५ कात्तिक । गीतकार जनक रावलको लोक प्याट्रनको डान्सिङ गीत ‘सिमसिमे पानी पर्यो…’ भिडियोसहित सार्वजनिक भएको छ ।
सञ्चारकर्मीसमेत रहेका रावलको गीतमा किरण माइकल घिमिरेको सङ्गीत छ भने रुपक डोटेल र शसिका राईको स्वर रहेको छ ।
यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बालापनको कथा बोकेको छ । भिडियोमा बालपनका कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ । गीतको भिडियो बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्यूजिक’ एल्बम समावेश छ । गीतकार रावलले ‘भुल्यौं कि मायाले…’ बोलको गीत सार्वजनिक गरेको केही दिनमा सोही एल्बमको अर्को गीत ‘सिमसिमे पानी पर्यो…’ सार्वजनिक गरेका हुन् ।
गीतको भिडियोमा बालापनको अभिनयमा निश्चल रावल र निकिशा बिमलीलाई प्रस्तुत गरिएको छ भने तिनै बाल बालिकाको युवाअवस्थाको प्रस्तुतिमा रमेशचन्द सोडारी र रोली तामाङलाई फिचरिङ गरिएको छ ।
नारायण रिजालको कोरियोग्राफी रहेको गीतको भिडियोमा कन्सेप्ट र क्रियशन गीतकार स्वयंको रहेको छ । सुरज लामिछानेको मुख्य सहायक निर्देशन रहेको भिडियोमा सुरेश बज्राचार्यको छायाँकन र मित्रदेव गुरुङको सम्पादन छ ।
हेर्नुहोस् भिडियो–















प्रतिक्रिया