१ कार्तिक २०८३, आइतबार

विश्व हिन्दू परिषद् नेपालद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, १५ कात्तिक । विश्व हिन्दू परिषद् नेपाल, सप्तरीले शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

हिजो शुक्रबार सप्तरीको कठौनास्थित जिल्ला कार्यालयमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि विहिपका नेपाल संस्थापक सदस्य श्रीराम नारायण ठाकुर, विशिष्ट अतिथि राष्ट्रिय सचिव विजय सिंह, गौरक्षा प्रमुख श्री मुरली मनोहर चौधरी, जिल्ला अध्यक्ष राम किशुन साहलगायत जिल्ला समितिका पदाधिकारी, आजीवन सदस्यहरु एवं स्थानीय कार्यकर्ताहरु समेतको उपस्थित थियो ।

कार्यक्रममा विहिपको स्थानीय समिति पुनर्गठन तथा हिन्दू धर्मवालम्बीहरुले मनाउने विभिन्न चाडपर्वहरुको विशेषता एवं नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गराउने रणनीतिबारे छलफल भएको थियो ।