१ कार्तिक २०८३, आइतबार

होम आइसोलेसनमा दुई जनासहित थप तीन जना कोरोना संक्रमितको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । होम आइसोलेसनमा बसेका २ जनासहित ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नवलपरासीपूर्व कावासोती नगरपालिका–६ निवासी ६८ वर्षीय पुरुष र गैंडाकोट नगरपालिका–२ निवासी ७७ वर्षीया महिलाको होम आइसोलेशनमा शनिबार बिहान मृत्यु भएको हो ।

मृतक दुबैको सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिको निगरानीमा घर परिवारले नै दाहसंस्कार गर्ने तयारी भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले जानकारी दिए ।

यसैबीच नेपालगञ्जमा उपचाररत कोरोना संक्रमित वृद्धको पनि मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–४ निवासी ७० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शनिबार बिहान मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

कात्तिक ११ गतेदेखि नै आइसीयूमा उपचार भइरहेका ती वृद्धमा १२ गते बेलुका मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।