
वाशिङ्टन, १५ कात्तिक । अमेरिकामा एकैदिन १ लाखभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा अमेरिकामा मात्रै १ लाख १ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा सङ्क्रमितको संख्या ९३ लाख १६ हजार नाघेको छ ।
यस्तै थप ९८८ जनाको ज्यान गएसँगै कोरोनाका कारण अमेरिकामा मात्रै ज्यान गुमाउनेको संख्या २ लाख ३५ हजार नाघेको छ ।















प्रतिक्रिया