१ कार्तिक २०८३, आइतबार

धापासीमा छुरा प्रहार गरी युवकको हत्या

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । काठमाडौंको धापासीमा एक अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा एक युवाको ज्यान गएको छ ।

छुरा प्रहारबाट टोखा नगरपालिका–५ धापासी हाइट बस्ने २४ वर्षीय आशिष मगरको ज्यान गएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार छुरा प्रहार गरेको आरोपमा हत्या आरोपमा प्रहरीले दिवस अधिकारी, रवि थापा मगरललाई पक्राउ गरेको छ ।

आरोपित अन्य दुई जना फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।