शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

राजस्थानद्वारा पञ्जाब ७ विकेटले पराजित

दैनिक नेपाल २०७७ कार्तिक १५ गते ७:३२

काठमाडौं, १५ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किङ्ग्स इलाभेन पञ्जाबलाई पराजित गरेको छ ।

यूएईको शेख जायद क्रिकेट मैदानमा शुक्रबार राति भएको खेलमा राजस्थानले पञ्जाबलाई ७ विकेटले पराजित गरेको हो । पञ्जाबले टस हारेर पहिले ब्याटिङ गरेको थियो ।

पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८५ रन बनाएको थियो । जितका लागि पञ्जाबले दिएको १८६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

राजस्थानको जितमा बेन स्टोक्सले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै सन्जु सामसनले ४८ र रोबिन उथप्पाले ३० रन बनाए । कप्तान स्टिभ स्मिथ ३१ र जोस बट्लर २२ रनमा अविजित रहे ।

पञ्जाबका मुरुगान आश्विन र क्रिस जोर्डनले १/१ विकेट लिए । पन्जाबका लागि क्रिस गेलले ९९ रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान केएल राहुलले ४६ रन जोड्दा निकोलस पुरनले २२ रन बनाए ।

राजस्थानका बेन स्टोक्स र जोफ्रा आर्चरले २/२ विकेट लिए । पन्जाबलाई हराएसँगै राजस्थान तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । राजस्थानले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ ।

राजस्थानले १३ खेलमा १२ अंक जोडेको छ । पञ्जाबले पनि १३ खेलमा १२ अंक नै जोडेको छ । पन्जाब तालिकाको चौथो स्थानमा छ ।

अब प्ले अफमा तीन टिम पुग्न बाँकी रहेको छ । यसअघि मुम्बई इन्डियन्सले प्ले अफमा स्थान बनाइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित