१ कार्तिक २०८३, आइतबार

टर्की र ग्रीसको टापुमा शक्तिशाली भूकम्प जाँदा २२ जनाको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । टर्की र ग्रीसको टापुमा भूकम्पका कारण घर भत्किँदा २२ जनाको मृत्यु भएको छ ।

टर्कीको एइजिन तट र सामोसको ग्रीस टापुको उत्तर केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण यूएसजीएसले जनाएको छ ।

तर, टर्कीले भने ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प मापन गरेको जनाएको छ । भूकम्पका कारण टर्कीको इज्मिर प्रान्तमा २० जनाको ज्यान गएको छ भने ७८६ जना घाइते भएका छन् ।

यस्तै सामोसमा २ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भूकम्पपछि आएको सुनामीका कारण इज्मिर र सामोसमा बाढी आएको छ । मानिसहरू पुरिएको हुनसक्ने आशङ्कामा अहिले खोजी तथा उद्धारको काम अगाडि बढाइएको छ ।

टर्कीमा भूकम्प गइरहन्छ । सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए ।