
काठमाडौँ, १४ कात्तिक । वागमती प्रदेशको उत्कृष्ट प्रहरीका रुपमा प्रहरी निरीक्षक (इन्सपेक्टर) योगेन्द्र तिमिल्सिना घोषित भएका छन् ।
इलाका प्रहरी कार्यालय बनेपा काभ्रेमा कार्यरत इन्स्पेक्टर तिमिल्सिनालाई बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
असोजमा विभिन्न मितिमा गरी ९ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा कैद भुक्तानको लागि पेश गरेको र डलर साट्ने बहानामा ठगी गर्ने समुह पक्राउ गरेकाले तिमिल्सिनालाई सर्वोत्कृष्ट घोषणा गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
तिमिल्सिनाले आफ्नो इलाकाको शान्ति सुरक्षा व्यवस्था कायम राखी विभिन्न अपराधिक घटनाहरूको सफल अनुसन्धानलगायत कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा प्रहरी जनशक्तिलाई प्रभावकारी रुपमा परिचालन गरी जिम्मेवारी निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयले महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७७ अनुसार छनोट समिति गठन गरेर हरेक महिना सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्न थालेको छ ।















प्रतिक्रिया