८ कार्तिक २०८३, आइतबार

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कैलाली, १४ कात्तिक । लम्कीचुहा नगरपालिका ३ बस्ने २२ वर्षीय भरत तिमिल्सेनाको कुटपिट गरी हत्या गरेको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका ५ अमौरी बस्ने २४ वर्षीय केशर टमट्टा, २५ वर्षीय समर चौधरी र २४ वर्षीय मान बहादुर चौधरी रहेका छन् ।

जानकी गाउँपालिका ५ अमौरी बस्ने नवीन चौधरीको छोराको न्वारन भईरहेको अवस्थामा तिमिल्सेनाले मादक पदार्थ सेवन गरी हो(हल्ला गरेको विषयमा उनीहरूले कुटपिट गर्दा गम्भीर घाईते भएका भरतको लालरत्न अस्पताल लम्की कैलाली हुँदै नर्सिंङ होम नेपालगञ्जमा थप उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ ।