८ कार्तिक २०८३, आइतबार

म्याग्दीमा जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु ११ घाइतेमध्ये ३ गम्भीर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ कात्तिक । म्याग्दीमा जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका २ गुरूङ तातोपानीकी बालिका रिया विक रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार घाइते ११ जनामध्ये ३ जनालाई पोखरा लगिएको छ ।

प्रहरीका अनुसार शुक्रबार करिब साढे ११ बजे ठाँडाखनी भन्ने स्थानबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ८९६ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।

घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

घाइतेमध्ये चालकसहित ३ जना गम्भीर भएकाले उपचारको लागि हेलिकप्टरबाट पोखरास्थित मणिपाल अस्पताल लग्ने तयारी भइरहेको बताइएको छ ।