१ कार्तिक २०८३, आइतबार

धानखेतमा भेटिएको स्मार्ट लाइसेन्सबारे मन्त्रालयले छानबिन गर्ने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । धानखेतमा भेटिएको स्मार्ट सवारी चालक अनुमति पत्रबारे प्रदेश नं २, भौतिक पूर्वाधार विकास मन्त्रालयले छानबिन गर्ने भएको छ ।

यातायात व्यवस्था कार्यालय जनकपुरको पर्खाल पछाडि लाइसेन्स भेटिएकोबारे बिहीबार सञ्चारमाध्यमहरुमा समाचार सार्वजनिक भएका थिए ।

लापरवाही गर्ने जो कोही भए पनि नियम अनुसार कडा कारवाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।

यातायात व्यवस्था विभाग, काठमाडौंमा छापेर वितरणका लागि पठाइएको करिब ३०० थान स्मार्ट लाइसेन्स गत बुधबार यातायात व्यवस्था कार्यालय, जनकपुरको पर्खाल पछाडि धानखेतमा फेला परेको थियो ।