बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

ओरालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

दैनिक नेपाल २०७७ कार्तिक १४ गते १४:४४

काठमाडौं, १४ कात्तिक । आज शुक्रबार पनि सुनको मूल्य ओरालो लागेको छ ।

आज सुन प्रतितोला २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको थियो । शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी बिहीबारकै मूल्य प्रतितोला १ हजार १८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित