
लम्की, १४ कात्तिक । कैलालीमा निर्माणाधीन कैलाशधाम तीर्थस्थललाई इन्भेष्टर क्लबले रू. ५० हजार आर्थिक सहयोग गरेको छ ।
बिहीबार एक कार्यक्रमका बीच कैलाशधाम तीर्थस्थल निर्माण कमिटीका अध्यक्ष लक्ष्मीराम रिमाललाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
धार्मिक तथा साँस्कृतिक हिसाबले महत्वपूर्ण मानिएको यस निर्माणाधीन तीर्थस्थलमा भक्तजनको उपस्थिति एवं सहभागिता आगामी दिनहरुमा उल्लेखनीय रहने विश्वास समितिले लिइएको छ ।
साथै, मन्दिर निर्माण कमिटीले पनि भक्तजन, दाता, सहयोगी मन र विभिन्न संघसंस्थाहरुबाट पनि यस किसिमको धार्मिक कार्यको लागि आर्थिक सहयोगको आउने दिनहरुमा पाइने आशा समेत राखेको छ ।
इन्भेष्टर क्लब एक सामाजिक सञ्जाल फेसबुक ग्रुप हो । जुन ग्रुप शेयर बजारमा अदभुत ज्ञान भएका व्यक्तित्वहरुको सहभागिता रहेको ग्रुप हो ।
यस ग्रुपले यस किसिमका सामाजिक उत्तरदायित्वको कार्यसंगै शेयरबजारका बारेमा जानकारी दिने, सुरक्षित लगानी कसरी गर्ने, जोखिम कसरी व्यवस्थापन गर्ने र एक सफल लगानीकर्ता कसरी बन्ने भन्ने बारेमा तालिम गराउने उद्देश्य समेत लिएको छ ।















प्रतिक्रिया