
काठमाडौं, १४ कात्तिक । राप्रपा अध्यक्ष कमल थापाले अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन् ।
उक्त खतरासँगै देशको स्वतन्त्रता/अस्तित्वबारे समयमै सचेत बन्न सबैलाइ आग्रह समेत गरेका छन् ।शुक्रबार ट्विट गर्दै उनले लेखेका छन्, ‘भारत र चिनसँगको सम्वन्धमा रणनीतिक संतुलन,समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो । तर, सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ । देशको स्वतन्त्रता/अस्तित्वबारे समयमै सचेत बनौं ।’
अध्यक्ष थापाले भारत र चिनसँगगको सम्बन्धमा सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको रणानीतिको आलोचना गरेका छन् । सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको अध्यक्ष थापाको भनाइ छ ।
नेपालका लागि भारत र चिनसँगको सम्बन्धमा रणनीतिक संतुलन, समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो भन्दै अध्यक्ष थापाले सत्तारूढ नेकपा र मुख्य विपक्षी काँग्रेसको गलत विदेश नीति तथा व्यवहारको आलोचना गरेका छन् ।















प्रतिक्रिया