शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कोरोना संक्रमित पत्रकार चौलागाईंको निधन

दैनिक नेपाल २०७७ कार्तिक १४ गते ८:४१

काठमाडौं, १४ कात्तिक । कोरोना संक्रमण पुष्टि भइ उपचाररत काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंंको निधन भएको छ ।

काभ्रे पोष्ट दैनिकका प्रधानसम्पादक समेत रहेका ५१ वर्षीय चौलागाईंको शुक्रबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । तर, ज्वरो बढेपछि कात्तिक १ गते उपचारका लागि ओम अस्पताल चाबहिलमा भर्ना गरिएको थियो ।

ब्रोनकाइटिस पीडित उनमा कोरोना संक्रमण पनि देखिएपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो ।

प्रतिक्रिया
सम्बन्धित