शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

राष्ट्रिय फुटबल टोलीका ४ जना खेलाडीलाई कोरोना संक्रमण

दैनिक नेपाल २०७७ कार्तिक १४ गते ८:१०

काठमाडौं, १४ कात्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका ४ जना खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये ४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण शुरु गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए ।

नेपालले बङ्गलादेशसित ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल यही कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते खेल्ने तय भएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित