शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

दशैको मुख्य पाँच दिनमा ३३४ वटा सवारी दुर्घटना, ४३ जनाको मृत्यु

दैनिक नेपाल २०७७ कार्तिक १४ गते ७:५७

काठमाडौं, १४ कात्तिक । दशैको मुख्य पाँच दिनमा ३३४ वटा सवारी दुर्घटना भएका छन् भने दुर्घटनामा परी ४३ जनाको मृत्यु भएको छ ।

तिनै दुर्घटनामा परी ५१९ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । समग्रमा दशैँको समयमा सबै घटनाहरु न्यून रहेको र ठूला दुर्घटना नभएको प्रहरीको भनाइ छ ।

यसपाली दशैंमा मुलुकमा ठूला दुर्घटना नहुनु र आपराधिक घटनामा समेत कमी आउनुमा कोभिड–१९ को महामारीका कारण सवारी साधनका साथै मानिसको आवागमन कम हुनु रहेको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

यो वर्षको दशैंमा सवारी साधन समेत अत्यन्त न्यून रुपमा सञ्चालन भएको थियो । गत वर्ष दशैँको घटस्थापनादेखि पूर्णिमासम्म १५ दिनमा चोरीका ६६ र करणीसम्बन्धीका ५० घटना भएको अभिलेख छ । उक्त अवधिमा ७०० सवारी दुर्घटनामा १११ को मृत्यु भएको थियो ।

काठमाडौँ उपत्यकामा पनि सवारीसम्बन्धी ठूला घटना नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखा प्रमुख भीमप्रसाद ढकालले उपत्यकाको तीन जिल्लामा २९४ सवारी दुर्घटनामा ९ को मृत्यु भएको र २७८ जना घाइते भएको जानकारी दिए ।

अघिल्लो वर्ष भने ४०० भन्दा बढीको दुर्घटना भएको थियो । त्यसमा १० जनाको मृत्यु र ३१८ जना घाइते भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित