शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

हुम्लाको चेला सामुदायिक वनमा भीषण आगलागी

दैनिक नेपाल २०७७ कार्तिक १४ गते ७:४०

सांकेतिक तस्वीर

हुम्ला, १४ कात्तिक । हुम्ला जिल्लाको सिमकोट गाउँपालिका-४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ ।

चेला वनबाट सुरू भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन् । बिहीबार दिउँसो १२ बजेतिर लागेको आगो प्रहरी र  स्थानीयवासीको सहयोगमा साँझतिर नियन्त्रणमा आएको थियो ।

उक्त सामुदायिक वन २०५२ सालदेखि संरक्षण गरेर राखेको सिमकोट-४ का वडाध्यक्ष छविचन्द्र लामाले बताए । सामुदायिक वनमा आगलागी हुँदा हजारौँको संख्यामा रहेका विभिन्न जातका वनस्पतीसँगै वनमा रहेका चराचुरुङगी, जङ्गली जनावर समेत केही जलेर नष्ट भएको वडाध्यक्ष लामाले बताए ।

लामो समयसम्म जोगाएर राखेको वन क्षेत्रमा लाखौँका सल्लो, धुपी, उत्तिसलगायत जडीबुटीका बिरुवा जलेर नष्ट भएका छन् । रासस

प्रतिक्रिया
सम्बन्धित